ईलाम जेन्जी परिवर्तन टिमद्वारा अवरुद्द मेची राजमार्ग खुलाउन श्रमदान
ईलाम । ईलाम नगरपालिका–९ राजदुवालीमा असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण मेचीराजमार्ग अवरुद्ध भएपछि ‘जेन्जी परिवर्तन ईलाम’ टिमले आज श्रमदान गरेको छ।
सडकमा थुप्रिएको ठूलो मात्राको पहिरो हटाउन नेपाली सेना, सडक विभाग र स्थानीय बासिन्दासँग समन्वय गर्दै काम भइरहेको छ। सामूहिक प्रयास जारी रहे पनि सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझ केही समय लाग्ने बताइएको छ।
जेन्जी परिवर्तन ईलामका प्रतिनिधिहरूले विपद्को बेला सहकार्य र एकताको भावना अत्यावश्यक रहेको बताउँदै राहत र उद्धारमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।-निलोपाटीबाट


