मोरङको लेटाङ मलीबासेका लोकेन्द्र कतारमै अस्ताए
मोरङ । वैदेशिक रोजगारीको सिलसिलामा करीब आठ महिना अघि कतार पुगेका मोरङको लेटाङ–७ वारङी मलिबासे निवासी २२ वर्षीय लोकेन्द्र सम्वाहाम्फे लिम्बूको निधन भएको छ।
कतार पुगेपछि उहाँमा मुटु सम्बन्धी समस्या देखा परेको र लगातार उपचार भइरहे पनि स्वास्थ्यमा सुधार नआएपछि अन्ततः गत अक्टोबर २ तारिखका दिन दोहास्थित हमद अस्पतालमा निधन भएको परिवार स्रोतले जानकारी दिएको छ।
९ अक्टोबरका दिन उहाँको पार्थिव शरीर नेपाल पठाइएको र आज बेलुका लेटाङ–३ त्रिसुली लाइनस्थित साइँला काकाको घरमा आइपुग्ने बताएको छ।
स्थानिय श्री लक्ष्मी माविका प्रअ पुर्ण बहादुर लिम्बूका अनुसार अन्त्येष्टि असोज २६ गते आइतवार विहान १० बजे लेटाङ-६ सुकेचौरीमा गरिने बताइएको छ।
उहाँको २ वर्षीया छोरी र श्रीमती रहेका छन्।


