झापाको दमकमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला, तीन जना पक्राउ

झापा । झापाको दमक–७ स्थित पशुहाटमा शुक्रबार एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ । पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार मृतकको दाहिने गालामा धारिलो हतियार प्रहार भएको देखिएको छ । अन्दाजी ५० वर्ष उमेरका पुरुषको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घटना शंकास्पद देखिएपछि प्रहरीले कानूनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि मोरङको उर्लाबारीस्थित अस्पताल पठाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार शुक्रबार राति नियन्त्रणमा लिइएका ती व्यक्तिहरूको नाम गोप्य राखिएको छ ।

उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झिलझिमामा राखिएको छ । घटनाको प्रकृति र कारण खुलाउन प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।