नख्खुबाट भागेका कैदीले ठमेलमा गरे युवकको हत्या
काठमान्डौ । ललितपुरस्थित नख्खु कारागारबाट भागेका एक कैदीले ठमेलमा एक युवकको हत्या गरेको खुलेको छ ।
फरार कैदी आकाश मगरले ठमेलमा सुरज तामाङलाई हत्या गरेको खुलेको हो । घटना १३ असोजको हो । मकवानपुर घर भएका तामाङ मनमैजु बस्दै आएका थिए ।
२५ वर्षीय उनै तामाङलाई फरार कैदी मगरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।


