सुनसरीमा गोली प्रहार गरी एक जनाको हत्या
सुनसरी । सुनसरीमा गोली प्रहार गरी एकजनाको हत्या भएको छ ।
रामधुनी नगरपालिका २ तनमुनास्थित सिटी सफारी चालकलाई गोली हानेर हत्या गरिएको हो ।
स्थानीय ४७ वर्षीय दिनेशकुमार चौधरीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी सिटी सफारी चालक रहेको खुलेको छ ।
मोटरसाइकलमा सवार तीनजनाको समूहले गोली हानेर हत्या गरेपश्चात फरार भएका छन् । फरारहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


