सुनसरीको रामधुनीमा सिटी सफारी चालक ४७ वर्षिया दिनेश कुमार चौधरीको गोली हानी हत्या
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–२ तनमुनामा शनिबार साँझ सिटी सफारी चालक ४७ वर्षीय दिनेशकुमार चौधरीको गोली हानी हत्या भएको छ।
प्रहरीका अनुसार मोटरसाइकलमा आएका तीन जनाको समूहले चौधरीमाथि गोली प्रहार गरी फरार भएका हुन्।
प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार घटनाको कारण खुल्न बाँकी छ भने विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको छ।
चौधरीको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।


