दमक प्रहरीबाट हतियार लुटेर लग्ने लिम्बू पक्राउ

झापा । झापाको दमक–३ का १८ वर्षीय आदित्य लिम्बू लागुऔषध मुद्दामा पक्राउ परेका छन् । उनी जेन्जी आन्दोलनमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्ने कार्यमा पनि संलग्न रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगी सेक्टर ए थ्री हट नम्बर ३५३ का साजन थापाको छाप्रोबाट थापासहित ईलाम चुलाचुली गाउँपालिका वडा नं ३ का तिलक बहादुर तामाङको छोरा बर्ष ३२ को दिपेश तामाङ, चुलाचुली ३ का प्रेम बहादुर राईको छोरा बर्ष ३२ को सनम राई, दमक ३ का रवि कुमार आङ्देम्बेको छोरा बर्ष १८ को आदित्य लिम्बु, दमक ३ का हरीभक्त विश्वकर्माको छोरा बर्ष १९ को पविन विश्वकर्मा, दमक ३ का कृष्ण बहादुर दर्जीको छोरा बर्ष २५ को सुचन दर्जी वेलडाँगी भुटानी शरणार्थी शिविरका बिर्ख बहादुर माझीको छोरा बर्ष २५ को बिजय माझी र मोरङ मिक्लाजुङ गा.पा.वडा नं. ८ का दिल बहादुर पोर्तेलको छोरा बर्ष २० को निश्चल पोर्तेललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका पोर्तेल इलाका प्रहरी कार्यालय उर्लावारी मोरङमा लागु औषध मुद्धामा अनुसन्धानको क्रममा रहेकोमा जेनजी आन्दोलनको क्रममा हिरासतबाट फरार भएका हुन् भने आदित्य लिम्बु इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुटपाटमा संलग्न व्यक्ति समेत भएको प्रहरीको भनाई छ ।

प्रहरीले हतियार लुटेर भागेका लिम्बुले हतियार प्रदर्शन गरेको फोटोसहित सार्वजनिक गरेको छ ।-बेतना दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।