सुनसरी, मोरङ र उदयपुरबाट लागू औषध सहित ७ जना पक्राउ

विराटनगर, असोज २६ गते । सुनसरी, मोरङ र उदयपुरबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज २५ गते सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.२८ प २४१० नम्बरको स्कुटरमा सवार धरान-८ का १९ बर्षीय नलन तामाङ र प्रकाश लिम्बुलाई ट्रामाडोल २ हजार ७ सय क्याप्सुल र डाईक्लोमाईन २ हजार ५ सय १० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी पोष्ट खुनियाधारले बराहक्षेत्र-९ का निश्चल चौधरीलाई २७० ट्याब्लेट डिकोलिक र स्पास्मो सहित पक्राउ गरेको हो ।

यसै गरी मोरङको इलाका प्रहरी कार्यालय बेलबारीले चेकजाँचको क्रममा सुन्दरहरैचा-१० का प्रेम खड्कालाई ट्रामाडोल ३४० क्याप्सुल, डिकोलिक ५०० ट्याब्लेट र ९० मिलिग्राम ब्राउन सुगर सहित र उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले स्पास्मो र अपो ट्याव्लेट ६० चक्की सहित सोहि स्थानका बिजय तामाङ, अर्जुन तामाङ र कटारी- ५ का रत्नलाल गिरीलाई पक्राउ गरेको हो ।

लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।