लेटाङकी १३ वर्षीया अंशुको हत्या अनुसन्धानमा किन अलमलियो प्रहरी ?

मोरंग । मोरङको लेटाङकी १३ वर्षीया अंशु गौतमको शव भेटिएको १३ दिन भयो । असोज २१ गते साँझ घरनजिकै पिङ हालेको स्थानबाट बेपत्ता भएकी उनी १८ दिनपछि मृत फेला परेकी थिइन् । शव फेला परेपछि अनुसन्धानमा लागेको प्रहरी यतिका दिनसम्म पनि कुनै निष्कर्षमा पुग्न सकेको छैन । घटनासँग सम्बन्धित कुनै खास संकेत पत्ता लगाउन नसक्दा अनुसन्धान नै अलमलमा परेको छ ।

लेटाङ नगरपालिका२ , स्कुलचोककी अंशु गत असोज २१ गते साँझ तिहारका लागि घर नजिकै पिङ हालेको स्थानबाट बेपत्ता भएकी थिइन् । १८ दिनपछि बेलबारी–चिसाङ साझेदारी बनभित्र उनको शव क्षतविक्षत र कपडाविहीन अवस्थामा फेला परेको थियो ।शवको अवस्था अत्यन्तै सडेको, शरीर टुक्रिएको र टाउको छुट्टिएको प्रकृतिको थियो । घटनास्थलमा भेटिएको चप्पल र कपडाका आधारमा आफन्तले शव पहिचान गरेपछि डीएनए परीक्षण गर्दा पुष्टि भएको थियो ।

प्रारम्भिक अनुसन्धानबाट प्रहरीले बलात्कारपछि हत्या भएको निष्कर्ष निकाले पनि शव भेटिएको दुई साता बितिसक्दा पनि अपराधी पत्ता लगाउन सकेको छैन । मोरङ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कवित कटवाल अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो सहित प्रदेश र जिल्लाको टोली खटिए पनि शव अत्यधिक सडिसकेकाले जटिलता आएको बताउँछन् ।

शव १८ दिनसम्म ‘डिकम्पोज’ भएको कारण मेडिकल्ली बलात्कारको प्रुफ पुष्टि गर्ने अवस्था नरहेको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालयले डीएसपीको नेतृत्वमा टोली खटाएर सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको कटवालको भनाइ छ ।

स्थानीयहरू हतियार प्रयोग गरेर हत्या गरिएको र बलात्कार भएको दाबी गर्छन् । प्रहरीले भने शरीर टुक्रिनुमा जंगली जनावरको आक्रमण पनि हुन सक्ने आशंका व्यक्त गरेको छ ।अंशु असोज २१ गते बेलुकासम्म पिङनजिकै देखिएकी थिइन् । त्यसपछि उनको अत्तोपत्तो थिएन । प्रहरी स्रोतका अनुसार अंशु बेपत्ता हुनुभन्दा केही दिनअघि मात्र पहिलो पटक महिनावारी भएकी थिइन् ।

यसैबीच, बालिकाको शव पोस्टमार्टम गरिए पनि आफन्तले न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएका छन् । त्यसैले अंशुको शव १३ दिनदेखि बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमै राखिएको छ ।लेटाङ नगरपालिकाकी उपमेयर कृष्णकुमारी पोखरेल निरौला जतिसक्दो चाँडो अपराधीको खोजतलास गर्नुपर्ने बताउँछिन् । प्रहरीले घटना भएको दिन र त्यसपछि सो क्षेत्रमा सक्रिय मोबाइल सिग्नलहरूको सूक्ष्म अध्ययन गरिरहेको छ ।

यसै क्रममा सोधपुछका लागि झुम्का कारागारबाट भागेका एक जना कैदी पक्राउ परेको स्रोतको दाबी छ । प्रहरी उपरीक्षक कटवालले अंशु हत्या प्रकरणमा चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।-बेतना दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।