विराटनगर क्रिकेट लिग विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा शुरु

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग शुक्रबारदेखि विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदान शुरु भएको छ ।

शुक्रबार भएको उद्घाटन खेलमा कटहरी क्रिकेट क्लब एकेडेमी विजयी भएको छ । कटहरीले लायन त्रिकेट एकाडेमीलाई ६९ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको कटहरीले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सस ६४ रन बनायो । कटहरीकालागि समिर यादवले १८ बलमा ५ छक्का प्रहार गर्दै विस्फोटन ४० रन बनाउँदा आइसटेन रिजाल र अस्वीन कामतले ४०–४० रनको योगदान दिए । लायनसन्दिप ढकाल, रुद्रप्रताप साह, रिदम सापकोटा र किथार्थ बस्नेतले १–१ विकेट लिए ।

जवाफमा १ सय ६५ रनको लक्ष्य पाएको लायनले १८ दशमलव ५ बलमा सवै विकेट गुमाई ९५ रनमा सिमित भयो । लायनका सकिव हकले ३५ रन जोड्दा गौरभ कटवालले २७ रनको योगदान दिए । कटहरीका अस्वीन महतले ३ विकेट लिँदा अस्विन कामतले २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच कटहरीका अस्वीन कामत घोषित भए ।

फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले विराटनगर र कोशी प्रदेशकै क्रिकेट खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न गरेको बताए । उनले प्रदेशमा पहिलो पटक नयाँ ढंगबाट सबैलाई समेट्ने तरिकाले प्रतियोगिता आयोजना गर्न विराटनगरमा क्रिकेटको लिग भएको बताए

प्रतियोगिताका मोरङका ८ वटा क्लवलाई दुई समुहमा विभाजन गरेर खेलाईएको छ । लिगको आधारमा खेलाइएकोे खेलमा दुवै समुहबाट टप हुने टिम विच माघ १० गते फाइनल खेल हुने अध्यक्ष श्रेष्ठले बताए । प्रत्येक टोलीमा यु १६ का १ जना, यु १९ का २ जनाका साथै मोरङ जिल्ला बाहिर तर कोशी प्रदेशभित्रका अन्य जिल्लाको कम्तीमा २ जना र बढीमा ३ जना खेलाडी अनिवार्य राख्नु पर्ने प्रावधान रहेको छ।

प्रतियोगितामा करिव २ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोतिामा समुह ए मा मिल्स क्रिकेट एकेडेमी, विराटनगर क्रिकेट एकेडेमी, इलाइट क्रिकेट एकेडेमी र विराटनगर क्रिकेट क्लव एकेडेमी रहने छ भने समुह वि मा लायन क्रिकेट एकेडेमी, कटहरी क्रिकेट एकेडेमी, सिद्धार्थ क्रिकेट एकेडेमी र डाइनामिक क्रिकेट एकेडेमी रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖