सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने अन्तरप्रदेश सम्मेलन विराटनगरमा

विराटनगर, २७ असाेज । कोशी प्रदेश सरकारको आयोजनामा सातै प्रदेशका मुख्यमन्त्रीहरू सहभागी हुने दुईदिने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ आजदेखि विराटनगरमा सुरु हुँदैछ।

 

सम्मेलनमा संघीयताको सबलीकरण, अन्तरप्रदेश समन्वय, आर्थिक एकीकरण, प्राकृतिक स्रोतको उपयोग, विपद् व्यवस्थापन र विकास साझेदारीका विषयमा विस्तृत छलफल हुनेछ।

 

सम्मेलनको पहिलो दिन सातै प्रदेशका उपलब्धि तथा सफल अभ्यासबारे अनुभव आदानप्रदान गर्नुका साथै संघीयता, संस्थागत विकास र अन्तरप्रदेशीय आर्थिक साझेदारीसम्बन्धी कार्यपत्रहरू प्रस्तुत गरिनेछन्। साथै, स्थानीय उद्योगी तथा व्यवसायीहरूसँग उत्पादन र निर्यात प्रवर्द्धनका विषयमा अन्तरक्रियासमेत हुनेछ।

 

त्यस्तै, सम्मेलनको दोस्रो दिन सातै प्रदेशबीच विकास साझेदारीको साझा प्रतिबद्धतासहित ‘कोशी घोषणा–२०८३’ जारी गर्ने कार्यक्रम रहेको छ। बिहान १० बजे घोषणापत्रमा मुख्यमन्त्रीहरूले हस्ताक्षर गर्ने र दिउँसो पत्रकार सम्मेलनमार्फत भावी कार्यदिशा सार्वजनिक गरिनेछ।

 

यस सम्मेलनबाट अन्तरप्रदेश समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउँदै साझा विकासका योजनाहरू अघي बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖