सांसद खगेन्द्र सुनार माथि आन्तरिक छानबिन सुरु, सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक

काठमाडौं, २७ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु गर्दै सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ।

 

पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा सांसद सुनारमाथि लागेका आरोपहरूको विषयमा आन्तरिक छानबिन थालिएको बताइएको हो।

 

सञ्चारमाध्यममार्फत सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनजस्ता गम्भीर विषयहरूमा पार्टीको गम्भीर ध्यानकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

 

रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारेको छ।

“घटनाको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइिसकिएको छ,” विज्ञप्तिमा भनिएको छ, “अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका लागि छानबिन निष्कर्षमा नपुगुञ्जेलसम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ।”

 

रास्वपाले राज्यका सम्बन्धित निकायबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुनेमा विश्वास व्यक्त गर्दै अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको छ। “कानुनभन्दा माथि कोही पनि हुँदैन” भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको र आन्तरिक एवं सरकारी अनुसन्धानको निष्कर्षका आधारमा कानुन र विधानबमोजिम थप कदम चालिने विज्ञप्तिमा उल्लेख छ।

 

रास्वपाले कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने जोकोहीलाई पनि राजनीतिक संरक्षण नरहने प्रस्ट पारेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖