सुनसरीमा भन्सार छलीका ४ लाखभन्दा बढीका कपडा बरामद, मोटरसाइकल सहित एक जना पक्राउ

सुनसरी । सुनसरीमा भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको रु. ४ लाखभन्दा बढी मूल्यका लत्ताकपडासहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मंगलबार बिहान ८:३० बजे देवानगञ्ज गाउँपालिका–६ हकपाडास्थित भित्री सडकखण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एच–०४–८६२ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गरेको थियो।

सो क्रममा भन्सार छली गरी अवैध रूपमा ल्याइँदै गरेका अन्दाजी रु. ४ लाख १० हजार ४ सय मूल्य बराबरका लत्ताकपडा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले मोटरसाइकल चालक देवानगञ्ज गाउँपालिका–६ निवासी ३० वर्षीय मोहमद सज्जादलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका व्यक्ति, बरामद लत्ताकपडा र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले उक्त जानकारी दिएका हुन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖