झापामा भयावह अवस्था, कडा खालको रोगीको संख्यामा दिनानुदिन वृद्धि

भद्रपुर, १८ माघ । झापामा गएको तीन आवको लेखाजोखा गर्दा मानिसमा हुने कडा खालको रोगको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७०÷७१ मा मिर्गौला पीडित ५२ जना, मुटुरोगी ७७ जना र अर्बुद रोगी १८३ जना देखिए भने आव २०७१÷७२ मा मुटु रोगी १२० जना, मिर्गौला रोगी ६५ जना र अर्बुद रोगी २३३ जनाले जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिश लिएको तथ्यांक शाखाका कर्मचारी तोया दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस्तै कडा खालका रोग लागेका आव २०७२÷७३ मा मुटु रोगी १४३ जना, मिर्गाैला रोगी ७२ जना र अर्बुद रोगी २५५ जना देखिएकामा आव २०७३÷७४ मा मुटु रोगी २१३ जना, मिर्गौला रोगी १५७ जना, अर्बुद रोगी ३५९ जना दिमागी रोग भएको एक जना र पार्किङशन रोगी एक जनासहितले यस कार्यालयबाट रोगी भएको सिफारिश लिएको बताइएको छ ।

तुलनात्मकरुपमा हेर्दा अर्बुद रोगी क्रमशः १८३, २३३, २५५ र गएको आवमा ३५९ जना भई यो रोगीको संख्या बढ्दै गएको पाइएको छ भने मिर्गौला र मुटु रोगी पनि क्रमशः बढ्दै गएकाले यो अवस्था झापाका लागि भयावह रहेको हो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।