प्रधानमन्त्री बनेरै छाड्ने भए रामचन्द्र पौडेल, गगन थापा गृहमन्त्री !
काठमाण्डौ, १६ फागुन । प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा १७ पटक उठेर बाजी मार्न नसकेको रेकर्ड कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडलको छ । तर, अझै पनि उनमा एकपटक प्रधानमन्त्रीको कुर्सीमा बस्ने मनोकांक्षा उत्तिकै छ ।
प्रतिनिधिसभा निर्वाचनमा चुनावी प्रचारप्रसारका क्रममा पौडेललाई भाबी प्रधानमन्त्रीका रुपमा परिचित गराइएको थियो । निर्वाचनमा पराजित भएसँगै उनको त्यो सपना पनि सपनामै सीमित भएको छ । तर, पनि उनी जसरी भएपनि प्रधानमन्त्री भने बन्ने भएका छन् ।
कुरा हो कांग्रेसको छाँया सरकारको । सरकारका काम कारबाहीलाई ‘चेक एण्ड ब्यालेन्स’ गर्न बन्न लागेको छाँया सरकारको नेतृत्व नेता पौडेलले गर्ने लगभग निश्चित भएको छ ।
कांग्रेस स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीसहित सबै मन्त्रीका गतिविधि नजिकबाट अनुगमन र गलत कार्य भएको अवस्थामा खवरदारी गर्न बन्ने सरकारमा प्रधानमन्त्री बँन्न रामचन्द्रले ईच्छा देखाएका हुन् । यसमा अन्य नेताले विरोध गर्ने सम्भावना कम छ ।
पार्टीका धेरै नेताले पनि रामचन्द्र छाँया सरकारको प्रधानमन्त्री बनुन् भन्ने चाहन्छन् । पार्टीमा माथिल्लो तहमा पुगेर पनि अभागी नेताका रुपमा रहेका पौडेल मुलुकको प्रधानमन्त्री बन्न नपाए पनि उनलाई छाँया सरकारको प्रधानमन्त्री बनाउने पक्षमा नेताहरु छन् ।
त्यस्तै, सो सरकारमा गृहमन्त्रीका रुपमा गगन थापाको नाम चर्चामा छ ।


