बिरामीको उपचारलाई पैसासँग नदाँज्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने दावी गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले भ्रष्टचार गरे सार्वजनिक रुपमा चुनौति पनि सबैसँग आग्रह गरे । उनले भ्रष्टाचार अन्त्यका लागि माथिल्लो निकाय मातहतको नजर गिर्न नहुने सुत्र पनि प्रस्तुत गरे ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आज काठमाडौंमा शिलान्यास गर्दै उनले मुलुक अब आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्ने बताए । भ्रष्टाचार गर्ने जो कोहिलाई सरकारले नछाड्ने भन्दै उनले भ्रष्टाचार अन्त्य गर्नका लागि सहयोग गर्न सबैसँग अपिल गरे  ।

बहुमत प्राप्त सरकारले जनतामुखी काम गर्ने भन्दै ओलीले जनताको काम तुरुन्त गर्न राष्ट्रसेवकहरुलाई निर्देशनसमेत दिए । अस्पताल सेवामुखी हुनुपर्ने भन्दै ओली बिरामीको सेवालाई पैसासँग नदाँज्न पनि आग्रह गरे । पहिले उपचार, त्यसपछि पैसा भन्दै ओलीले आर्थिक अभावका कारण उपचारबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गरिने बताए ।

२३ आना क्षेत्रफलमा निर्माण हुन लागेको मनमोहन कार्डियोथोरासिक भवन ३० करोड रुपैयाँको लागतमा बन्ने छ । भवन १९ महिनामा निर्माण भईसक्ने छ भने सुविधा सम्पन्न ४० वटा बेड थपिने अस्पतालका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।