राजेन्द्र महतोले हिन्दिमा त्यस्तो के भने र ओली मुसुक्क मुस्कुराए ? – हेर्नुहोस् भिडियो

रेशम चौधरीलाई संसद सदस्यको सपथ गराउ : राजेन्द्र महतो

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संधिवान भागवत गीता र कुरान जस्तो ग्रन्थ नभएकाले समय सापेक्ष संशोधन हुनु पर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा राजपाको तर्फबाट धारणा राख्दै मततोले दुई हिताइ बहुमत नजिक रहेको सरकार संविधान संशोधनका लागि तयार हुनुपर्ने बताएका हुन्।

महतोले संविधान घोषणा बेला आफूहरुले व्यक्त गरेको विचारलाई बेवास्ता गरेको गुनासो गर्दै अहिले संविधान संशोधनमार्फत मधेसको भावना सम्बोधन हुनुपर्ने बताएका हुन्।अहिले नयाँ इतिहास रच्ने भएकाले सबैले आफ्नो पुरानो सोच त्याग्नुपर्ने महतोको भनाइ छ।

संसदमा उनले भने, ‘नयाँ इतिहास रच्ने बेला भएको छ। पुरानो मानसिकता त्याग्नु पर्छ। हिमाल पहाड र तराई, मधेसी मुस्लिम सबैको नेपाल हो । नयाँ सोचका साथ अघि बढ्नु आवश्यक छ। नयाँ नेपाल बनाउन तयार हुनुपर्छ।’

महतोले अब आन्दोलन लडाइ झगडाको गर्ने समय सकिएकाले आफूहरु शान्तिपूर्ण रुपमा अघि बढ्न तयार रहेको बताए। एकले अर्कालाई निषेध गरेर भन्दा पनि सहकार्य गरेर अघि बढे सबै क्षेत्रका नागरिकको भावना सम्बोधन गर्न सकिने महतोको जिकिर छ। उनले जेलमा रहेका रेशम चौधरीलाई संसद सदस्यको रुपमा सपश गराउन पनि माग गरे।

राजेन्द्र महतोले हिन्दिमा त्यस्तो के भने र ओली मुसुक्क मुस्कुराए ? – हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।