यस्तो देखियो विप्लवको कार्यक्रम… हेर्नुहोस् भिडियो
विप्लवको कार्यक्रम सडकमै, क–कसले गर्दैछन् सम्बोधन ?
काठमाडौ , ८ मंसिर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले काठमाण्डौंमा शनिबार आयोजना गर्न लागेको कार्यक्रम स्थल परिवर्तन गरेको छ ।
यसअघि कार्यक्रम शान्तिवाटीका रत्नपार्कमा गर्ने प्रचार गरे पनि प्रदर्शनी मार्गस्थित आरआर क्याम्पस अगाडि कार्यक्रम हुने भएको हो । कार्यक्रमका लागि शनिबार बिहान ६ बजे नै सडकमा स्टेज तयार पारिएको छ । उक्त मार्गमा कुनै पनि सवारीसाधन चलाउन दिइएको छैन् । सभालाई प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सम्बोधन गर्ने बताइएको छ ।

यसअघि महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने भनिएको थियो । नेकपाको कार्यक्रमलाई मध्यनजर गर्दै जनसभाअघि विभिन्न स्थानबाट झाँकीसहितको र्याली निकाल्ने तयारी छ । लैनचौर, बबरमहललगायतको स्थानबाट निस्कने र्यालीलाई विभिन्न नेताहरुले नेतृत्व गर्ने नेकपाले जनाएको छ ।
बबरमहलको र्यालीलाई पोलिटब्यूरो सदस्य तथा केन्द्रीय जनपरिषदका उपप्रमुख पदम राई, लैनचौरको र्यालीलाई केन्द्रीय जनप्रतिनिधिसभाकी अध्यक्ष उमा भुजेल, कालीमाटीको र्यालीलाई गम्भीरलगायतका नेताले नेतृत्व गर्ने जनसभा प्रचारप्रसार उपसमिति संयोजक मिलनले जानकारी दिए । काठमाण्डौंका मुख्य स्थान र सभास्थल नजिक सुरक्षकर्मी तैनाथ गरिएको छ ।


