नेपाली कांग्रेस धनकुटाले प्रदेश सभा क्षेत्रिय कार्य समिति गठन गर्यो
धनकुटा खबर । संघिय संरचना अनुरुप पार्टी संगठन विस्तार गर्ने उदेश्यका साथ पहिलो पटक आज नेपाली कांग्रेस धनकुटाले दुवै क्षेत्रमा प्रदेश सभा क्षेत्रिय कार्य समिति गठन गरेको छ ।
पार्टीका जिल्ला सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षता र केन्द्रिय प्रतिनिधि लाखमान राईको उपस्थितिमा भएको जिल्ला कार्य समिति र दुवै क्षेत्रको संयूक्त बैठकले स्थानीय तह गठन पुर्नसंरचना अन्तरीम व्यवस्था निर्देशिका २०७६ को बुदा नम्वर ६ बमोजिम नेपाली कांग्रेस धनकुटा प्रदेश सभा क्षेत्रिय समिति (क) र (ख) गठन गरेको नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।
संघिय संरचना अनुरुप गठीत पार्टीको प्रदेश सभा क्षेत्रिय कार्य समिति (क) को सभापती जितेन्द्र राई,उपसभापति दिनेश राई,सचिवद्धयमा रमेश श्रेष्ठ र खड्क लिम्बु,कोषाध्यक्ष निरुपा राई,सह-सचिव बुद्ध तितिङ्ग रहनु भएको छ ।
यसैगरी सदस्यहरुमा प्रेम खत्री,अशोक राई, गजेन्द्र खतिवडा, चिन्तामणी पौडेल,रचना राई,रेविका वराल,भिम घिमिरे,कमल कुमारी राई, रङ्गलाल रोईला,नगेन्द्र राई,शुक्र राई,उमेश राई,डिल्लीराम आचार्य रहेकाछन् ।
यसैगरी प्रदेश सभा क्षेत्रिय कार्यसमिति (ख) को सभापतीमा इन्दिरा थापा,उपसभापति रोहितराम धमला,सचिवद्धयमा हरी वहादुर राई, दिलराज घिसिङ्ग, सहसचिव कृष्ण गोविन्द्र धमला,कोषाध्यक्ष लोकमणी घिमिरे रहेकाछन् ।
अन्य सदस्यहरुमा गोपाल देवान,तिर्थ कुमारी देवान,शारदा सन्तोषी राई,यानिन्द्र तिगेला लिम्बु,संजय मगर, ज्योती गुरुङ्ग, गणेश चापागाई,लाल बहादुर वस्नेत,लक्ष्मी चापागाई, नरेन्द्रजंग वस्नेत,गरिमाया विक रहेकाछन् । बैठकमा पार्टीका उपससभापति नविन किशोर शाक्यले स्वागत मन्तव्यराख्नुभएको थियो भने प्रदेश सभा सांषद लिला सुब्बा लगायतले आ आफ्नो धारणा राख्नु भएको थियो ।
संघिय संरचना अनुरुप नै कार्तिक मसान्त सम्ममा स्थानीय तह अन्र्तगत पालिका समिति र वडा समितिहरु समेत गठन गरी सक्ने जिल्ला सचिव राईले वताउनु भयो ।


