डें’गुका बि’रामीलाई तीन हजार उ’पचार खर्च ,समयमै पुल नबन्दा खोलाले मान्छे नै ब’गायो, आफ्नै छोरा फिर्ता गर्न डि’एनए टेस्ट ! (भिडियो)
काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४३३ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।
१. पप्पु कन्स्ट्रक्सनले पुल बनाएन, खोला तर्दा मान्छेनै ब’गे
सिन्धुली । सिन्धुलीबाट ओखल्ढुंगा, खोटाङ, सोलुखुम्बु र भोजपुर जोड्ने सिन्धुलीको सखु खोलामा बर्षौंदेखि पुल बनेका छैनन् । मध्य पहाडी लोकमार्ग अन्तर्गतको यी पुलहरु नबन्दा यस क्षेत्रका सडक प्रयोग गर्ने मानिसहरुले सा’स्ती भागिरहेका छन् । कुल लागत १० करोड ४३ लाख रुपैया रहेको यो पुल २०७० सालमा बनिसक्नुपर्ने थियो । म्याद सकिएएर पनि ६ बर्ष बढी भयो । यो पुलको ठेक्का पनि समयमा काम नगरेर नम्बर १ बनेको पप्पु कन्स्ट्रक्सनको हो ।
२. आफ्नै छोरा फि’र्ता लिन पनि डि’एनए परी’क्षण ?
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १० बक्तौराका चन्दे्रश्वर बैठाका ६ बर्षीय छोरा अबिनाश बैठा २०७५ जेठ ३१ गते घर अगाडिबाटै बे’पत्ता भए । बैठाले छोरा ह’राएको भन्दै तत्कालै इलाका प्रहरी कार्यालयमा खो’जी गरिदिन निवेदन दिएका थिए । लामो समयसम्म पनि छोराको अत्तो’पत्तो भएन तर, करीब एक बर्ष आफ्नो छोरा कटहरिया नगरपालिका बगही गाउँमा रहेको पत्तो पाएपछि लिन जाँदा उनले छोरा फि’र्ता पाएनन् । अभिषेक बगहीस्थित राजकिशोर महतोको घरमा फे’ला परेका थिए । चन्द्रेश्वरले छोरा आफ्नो दा’बी गरेपनि राजकिशोरले भने प्रहरी प्रशासनबाट सबै कागजपत्र तयार गरेर लिएकाले बुवा–आमा भएको ठोस प्र’माण पाए मात्रै फिर्ता दिने अडान राखेका छन् ।
३. कर्णालीका जिल्लामा जानुपर्ने औषधि ६ महिनादेखि नेपालगञ्जको होटलमै थन्कियो
मुगु । कर्णालीका अधिकांश जिल्लाका सरकारी स्वास्थ्य संस्थामा औषधि अ’भाव भएको छ । मुगु, हुम्ला, जाजरकोटका लगायतका जिल्लाहरु औषधि अ’भाव भइरहन्छ । सरकारी स्वास्थ्य संस्थामा औषधि अ’भाव भएर सर्वसाधारणहरु निजी स्वास्थ्य संस्थामा चर्को मूल्य तिर्न बा’ध्य छन् । सदरमुकाकै सरकारी अस्पतालमा समेत औषधि अ’भाव रहेको स्थानीयहरु बताउछन् । मुगुको जिल्ला अस्पतालमा स्लाइन, एसीलक लगाएतका औ’षधि अ’भाव छन् । उता विकट गाँउमा औषधि अभाव भइरहँदा जिल्ला–जिल्लामा पुग्नुपर्ने औषधिको बोरा नेपालगञ्जका होटलमा भेटिन थालेका छन् ।
४. हेटौंडाको राक्सीराङ्ग गाँउपालिकाको उदाहरणीय काम– डें’गुका बि’रामीलाई तीन हजार उपचार खर्च
हेटौडा । स्थानीय सरकार बनेर आफ्नै छिमेकी जनप्रतिनिधि बनेपछि राज्यको अनुभूति गर्ने आशा गरेको अधिकांश जनताको आशा नि’राशामा परिणत भएको छ । स्थानीय निकायको आर्थिक स्रोतका रुपमा स्थानीयकै गास,बासमा कर लगाउने स्थानीय निकाय पनि कम छैनन् । तर मकवानपुरको कर्णाली भनेर चिनिने राक्सीराङ्ग गाँउपालिकाले भने गाँउ डें’गु देखिएपछि उप’चारका लागि प्रति बि’रामी ३ हजार दिएर उदाहरणीय बनेको छ ।


