नयाँ सभामुखको लागी ओली-प्रचण्डको समर्थन कसलाई ?

काठमाडौं, २७ असोज । नयाँ सभामुखका लागि नेपाल कम्युनिष्ट पार्टीका नेताहरुबीच दौड तिव्र भएको छ । निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली रहेको पद नेपाल कम्युनिष्ट पार्टीले दाबी प्रस्तुत गरिसकेको छ ।

उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई राजीनामा दिन लगाई सभामुखमा नेकपाले दाबी गर्नेबारे दुई नेताबीच छलफल भएको छ । तर, उपसभामुखले कसलाई राजीनामा दिनेबारे संवैधानिक अड्चन रहेकाले समस्या परेको छ । सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक व्यवस्था छ ।

नेकपाभित्र सभामुखका लागि पूर्व एमाले र पूर्व माओवादीबीच प्रतिष्पर्धा चलिसकेको छ । विगतमा पूर्व माओवादीका तर्फबाट महराले उक्त पद पाएकाले उक्त पक्षका नेताहरुबीच दौडधूप चलेको छ ।

पूर्व एमाले पक्षधरले पार्टी एक भइसकेकाले यो वा त्यो पक्ष भनेर सभामुख बनाउन नहुने अडान लिन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली सुभाषचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहन्छन् । उनको नाममा सहमति जुट्न नसके शिवमायालाई नै बनाउनेबारे पनि परामर्श शुरु भएको छ ।

पूर्व माओवादीबाट ओनसरी घर्ती दौडमा अगाडि छिन् । टोपबहादुर रायमाझी, अग्नि सापकोटा, हरिबोल गजुरेलले पनि सभामुखमा इच्छा देखाएका छन् । जर्नादन शर्माको नाम पनि अगाडि छ । प्रचण्ड ओनसरी या जर्नादन शर्मामध्येबाट सभामुख बनाउने पक्षमा रहेको बुझिएको छ ।

सभामुख चयनबारे ओली र प्रचण्डबीच आजै बालुवाटारमा छलफल भएको छ । दुवै नेता प्रक्रिया अगाडि बढाउनेबारे सहमत भएका छन् । दुवैले सम्भावित नामहरुबारे प्रारम्भिक छलफल गरेको बुझिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖