नेपाल विद्यार्थी संघमा ३२ माथिको नेतृत्व ल्याउने तयारीसँगै ल’फडा !, आफैले बनाएको विधान मि’च्ला त कांग्रेसले ?

काठमाडौं । नेपाली काँग्रेसको शीर्ष नेतृत्वले ३२ वर्ष माथिबाट नेपाल विद्यार्थी संघ(नेविसंघ) को नेतृत्व चयन गर्ने तयारी गरेपछि विवाद देखिएको छ । नेपाल विद्यार्थी संघको एक समूहले ३२ वर्षमुनीबाटै नेविसंघको नेतृत्व चयन गर्न नेतृत्वलाई निरन्तर दवाव दिँदै आएको बेला काँग्रेस शीर्ष नेतृत्वले भने ३२ वर्षमाथिबाट नेतृत्व चयनका लागि सहमति गरेपछि विवाद देखिएको हो ।

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले आफूहरुले लामो समयदेखि ३२ वर्षमुनीबाट नेविसंघको नेतृत्व चयन गरिनुपर्नेमा आवाज उठाउँदै आएको भन्दै नेतृत्व तहमा भएको सहमतिको विरोध गरे ।

उहाँले पार्टीबाट अनुमोदन भएकै नेविसंघको विधानलाई टेकेर कतिपय जिल्लाको अधिवेशन भइसकेको र केहीमा हुने क्रममा रहेको भन्दै अहिले फेरि ३२ माथिको नेतृत्व लागू गरिए पार्टी नेतृत्वको खिलाफमा जान पनि आफूहरु बाध्य हुने उनले चेतावनी दिए ।

‘पार्टीले अनुमोदन गरेको ३२ वर्षको विधानलाई टेकेर १५–२० वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ, केही जिल्लामा प्रक्रिया सुरु भइसकको छ’, उनले भने, ‘अहिले फेरि पार्टी नेतृत्वले ३२ वर्षमाथिको नेतृत्व चयन गर्दैगर्दा उत्तर के दिने ? विधान कार्यान्वयनमा गइसकेको अवस्थामा फेरि विधान विपरित जाने काम भए हामी पार्टी नेतृत्वको खिलापमा जान पनि बाध्य हुन्छौं ।’

विगतमा विधान कार्यान्वयनका लागि आफूहरुले निरन्तर पार्टी नेतृत्वलाई दवाव दिएको स्मरण गर्दै भट्टले कुनै पनि हालतमा ३२ वर्षमुनीबाटै नेतृत्व चयन गर्नुपर्ने र लोकतान्त्रिक पार्टी विधान सम्मत जानुको विकल्प नभएको बताए ।

यसैगरी नेविसंघका निवर्तमान महामन्त्री कुन्दन काफ्लेले पनि आफू ३२ वर्षमुनीबाटै नेतृत्व चयन गरिनुपर्छ भन्ने पक्षमा रहेको बताए । ३२ वर्षमुनीबाट नेतृत्व चयनको माग गर्दै काफ्ले समूहका केही नेविसंघका केही नेताहरुले बुधबारनै पत्रकार सम्मेलन गर्न लागेको पनि बताइएको छ ।

माघ २८ गते संघको ११ औँ महाधिवेशनबाट निर्वाचित सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएपछि नेविसंघ ८ महिनादेखि नेतृत्वविहीन छ । यही नेतृत्वविहीनताको अवस्थालाई पूर्ति गर्न काँग्रेस सभापति शेरबहादुर देउवाले ६ महिनाभित्र संघको १२ औँ महाधिवेशन गराउने ‘टाइमलाइन’सहित नयाँ नेतृत्व ल्याउने तयारी गरेका छन् ।

नेताहरुकाअनुसार अनुसार सभापति देउवाले अध्यक्षमा संघका पूर्वउपाध्यक्ष राजीव ढुंगानाको नाम सारेका छन् । उपनिर्वाचनको तयारीका लागि कार्तिक ७ गतेलाई डाकिएको केन्द्रीय समिति बैठकबाट नेविसंघको नेतृत्वको विषयमा पनि निर्णय लिने तयारीमा काँग्रेस रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।