कांग्रेस वडा-अध्यक्षलाई पार्टीमा भि’त्र्याउँदा बाबुराम दंग
काठमाडौं, ६ कात्तिक । सत्तारुढ दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प रित्याग गरी स्वतन्त्र रहँदै आएका नेका दांगका पूर्व सहसचिव कुलबहादुर घर्ती मगर र बबइ गापा ७ का स्वतन्त्र तर्फबाट निर्वाचित वडा अध्यक्ष महावीर चौधरीलाई समाजवादी पार्टीमा प्रवेश गराएका छन् ।
भट्टराईले आफ्नो फेशबुक पेजमा उनीहरुलाई पार्टीमा प्रवेश गराएको फोटोसहित सेयर गर्दै लेखेकाछन्,- “नेपाली कांग्रेस प रित्याग गरी स्वतन्त्र रहँदै आएका ने का दांगका पूर्व सहसचिव कुलबहादुर घर्ती मगर र बबइ गापा-७ का स्वतन्त्र तर्फबाट निर्वाचित वडा अध्यक्ष महावीर चौधरीलाई समाजवादी पार्टीमा हार्दिक स्वागत!”



