नेपाललाई हिन्दूराष्ट्र बनाएरै छाड्छौँ : अध्यक्ष जवरा

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दू राष्ट्र बनाएरै छाड्ने दाबी गर्नुभएको छ । पार्टीको जनकपुर–लुम्बिनी धार्मिक यात्राको अवसरमा आज यहाँ आयोजित कोणसभामा उहाँले सनातन हिन्दू धर्मले मात्रै सम्पूर्ण मानवजातिको कल्याण गर्न सक्ने बताउनुभयो ।

विसं २०६२\६३ को जनआन्दोलनपछि चोरबाटोबाट देशलाई धर्मनिरपेक्ष घोषणा गरिएको दाबी अध्यक्ष राणाको थियो । पार्टीको धार्मिक यात्रामा देखिएको जनलहरबाट आफू उत्साहित भएको उहाँले बताउनुभयो ।

पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले ८० प्रतिशत ओमकार समुदाय बसोबास गरेको देशलाई कुनै पनि दृष्टिले धर्मनिरपेक्ष भन्न नमिल्ने तर्क राख्नुभयो ।

धार्मिक यात्राको क्रममा आम सर्वसाधारणको हिन्दू धर्मप्रतिको आकर्षण प्रष्ट देखिएको पाण्डेको धारणा थियो । भरतपुरमा भएको कोणसभा सकिएसँगै नारायणी नदीमा आरतीमा यात्राको समूह सहभागी भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖