प्रधानमन्त्री ज्यु ! वीना मगर सफल, गोकर्ण विष्ट कसरी असफल ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो चर्चाबीच मन्त्रिपरिषदका सदस्यहरु हेरफेर गरेका छन्। मन्त्रिमण्डल पुनर्गठनमा अटाएका ९ नयाँ मन्त्री तथा राज्यमन्त्रीको बिहीबार सपथग्रहण हुँदैछ ।

तर,सामाजिक सञ्जाल प्रयोगकर्ताले श्रममन्त्री गोकर्ण विष्टलाई मन्त्रीबाट हटाइएकोमा असन्तुष्टि जनाएका छन्। भने, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी वीना मगरको निरन्तरतामा प्रश्न गरेका छन्। केही सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाको निरन्तरताको अर्थ खाजेका छन्।

कसले के लेखे?
ट्वीटरमा सुफल काफ्लेले लेखेका छन्– वीना मगर राम्रो काम गरेकाले यथावत् राख्ने । गोकर्ण विष्टले नराम्रो गरेकाले हटाउने । थाहा भयो सरकारले किन काम गर्न सकेको रैनछ।

यस्तै ट्वीटरमा आमोद सुवेदीले प्रश्न गरेका छन् – श्रममन्त्री गोकर्णज्यूलाई हटाउनु नै पर्ने कारण चाहिँ के परेछ?

ट्वीटरमै अमृत दुलालले लेखेका छन्- सरकारको मूल्याङ्कनमा “गोकर्ण बिष्टलाई असफल मन्त्री, वीना मगरलाई सफल मन्त्री।’

यस्तै फेसबुकमा कमल गौतमले लेखेका छन् – लालबाबु गोकर्ण विष्टलाई अयोग्य देख्ने सरकारको आँखाले गोकुल बास्कोटा राम्रो देखेछ।

फेसबुकमै दीप मिलनले विष्टलाई हटाइएकोमा असन्तुष्टि जनाउँदै लेखेका छन्– गोकर्ण विष्ट असफल भएको मन्त्री मण्डलमा बिना मगर, पद्मा अर्याल र उपेन्द्र यादवहरू सफल भएछन्। हार्दिक बधाई यी सफलहरूलाई।

देवेन्द्र ढकालले फेसबुकमा पात्रभन्दा प्रवृत्ति फेर्न सुझाव दिएका छन्। उनले भनेका छन् – कुनै बेला मन्त्री गोकर्ण विष्टको कार्यकुशलता, जनताको स्यावासी र मातृका यादव जस्ता हाक्की र निडर मन्त्री आज कता१ कता कहाँ अलमलमा परे खै ११ यी र यस्ता उदाहरण धेरै छन्। फेरि पात्र फेरिँदैमा कायापलट हुन्छ भन्ने छैन तर पनि आशा र भरोसा गर्नुको विकल्प बाहेक के नै रह्यो ररु ३पात्रभन्दा प्रवृत्ति परिवर्तन होस् ११ तबमात्र विकास र निकास निस्कन्छ कि?



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।