राजेन्द्र महतो ‘यु–र्टन’, उपेन्द्रसँग एकता

सप्तरी, ९ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले मधेशी जनताको अधिकार सुनिश्चित गर्न वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताउँदै समाजवादी पार्टी नेपालसँग एकताको गृहकार्य भएको खुलासा गरेका छन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा आज आयोजित उपनिर्वाचनको चुनावीसभालाई सम्बोधन गर्दै उनले शासक वर्गले मधेशी जनताको अधिकार नदिएका कारण मधेशी जनताको समस्या अझै समाधान हुन नसकेको बताए ।

सरकारले मधेशी आदिवासी, जनजाति र पिछडिएका वर्गलाई अधिकार नदिएका कारण विभिन्न समयमा आन्दोलन हुने गरेको बताउँदै मधेशी जनताको अधिकार सुनिश्चित गर्न अब वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने उनले जोड दिए।

उनले वैकल्पिक शक्ति निर्माणका लागि सबै पक्षसँग एकता भइरहेको बताउँदै मधेशी जनताको अधिकारका लागि पहिचानवादी आन्दोलन गर्ने चे तावनीसमेत दिए । समाजवादी पार्टीसहित विभिन्न सात पार्टीसँग पार्टी एकताको गृहकार्य भइरहेको जानकारी दिँदै राजपा नेपाल तत्काल सरकारमा सहभागी नहुने स्पष्ट गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।