चार ठाउँमा नेकपा विजयी

काठमाडौँ, १४ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज भएको उपनिर्वाचनमा आफ्नो शानदार विजयीलाई उल्लासमय तवरले शुरु गरेको छ ।

लमजुङ सुन्दरबजार नगरपालिका वडा नं २ मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार नविन कुमार श्रेष्ठ (सुर्य) ९९३ मत ल्याउँदै विजयी हुनुभएको छ । त्यस्तै प्रकाश सँढाई (रुख) ४८२, गाई १६, लौरो १२, बदर ११ मत रहेको छ ।

जसमा हालसम्म तीन ठाउँमा विजयी भइसकेको छ । जसमा सल्यान, कुमाख गाउँपालिका वडा नं. ५ मा भएको निर्वाचनमा धर्मे बुढाथोकी (ज्वाला) ७९२ विजयी हुनुभएको छ । कञ्चनपुरको पुनर्वास नपा वडा न ३ मा नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ ५२८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

त्यस्तै रोल्पाको थवाङ गाउँपालिका वडा नं. १ मा वडाध्यक्ष नेकपाका उमेदवार जनक बहादुर बुढाले १७४ मत ल्याएर बिजयी हुनुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।