पौडेललाई सहमतिमा ल्या’उन देउवाले कफी गफ गर्ने

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ढिलो उठ्छन् । उनी शनिबार विहान भने चाँडै उठ्नेछन् । कफी खानेगरी काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निवास पुग्नेछन् ।

देउवाले पौडेललाई कफी खाने गरी विहानै निवासमा आउँछु भनी जानकारी गराएका छन् । देउवाले पार्टीमा सहमति बनाउन पौडेलसँग गम्भीर छलफल गर्ने भएका छन् । पौडेल पक्षले केन्द्रीय कमिटि बैठक बहिष्कार गरेपछि सहमतिको प्रयास भइरहेको छ ।

देउवाले नयाँ विभाग गठनको प्रस्ताव गरेपछि पौडेल पक्षले बिहिबारको केन्द्रीय कमिटि बैठक बहिष्कार गर्यो । शुक्रबार पनि बैठक बस्न सकेन । पौडेल पक्षधरको छुट्टै भेला बसी देउवालाई गलाउने रणनीति बनाइएको छ ।

१४ औं महाधिवेशन जतिसक्दो छिटो गर्न पौडेल पक्षको दबाब रहेको छ । सभापति देउवा कार्यकाल एक वर्ष थप्ने प्रस्तावको तयारीमा छन् । यसो भएमा २०७७ सालमा काँग्रेस महाधिवेशन हुन्छ । तर, पौडेल पक्षले महाधिवेशनको तयारीमा जानुपर्ने बेलामा विभाग नथप्न दबाब दिदै आएको छ । यसले काँग्रेसभित्र द्धन्द्ध बढाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।