विनोद चौधरीलाई पार्टीभित्र श’क्तिशाली बनाउने कांग्रेसको तयारी

काठमाण्डौ । विश्वकै धनीमध्येका एक उद्योगपति विनोद चौधरी अन्तराष्ट्रियस्तरमा चिनिएका व्यक्ति हुन् । चौधरी ग्रुप अफ इन्डस्ट्रीजका मालिक हुन् । उनी पनि विश्वका धनि समुहमा नेपालका एक मानिन्छन् । सन् २०१९ मा कुल सम्पत्ति १ अर्ब ७० करोड डलर रहेको चौधरी विश्वभरका धनाढ्यको सूचीमा १ हजार ३ सय ४९ औं स्थानमा छन् ।

यो चाँही उनको व्यवसायिक पाटो भयो । तर उद्योगि मात्र नभै उनी राजनीतिज्ञ पनि हुन् । २०७४ साल कात्तिकमा उद्योगपति चौधरी नेपाली कांग्रेस प्रवेश गरेका थिए । कांग्रेसले उनलाई समानुपातिक सूचीबाट सांसदको उम्मेद्वार बनाएर प्रतिनिधिसभामा प्रवेश गराएको थियो ।

२०६४ सालको संविधान सभा निर्वाचनमा एमालेले उनलाई समानुपातिक सभासद बनाएको थियो । २०७० सालको चुनावमा उनी प्रत्यक्षबाट उम्मेद्वार बन्ने चर्चा चलेको थियो । तर, उम्मेद्वारी भने दिएनन् ।

पुनः २०७४ को चुनाव अघि कांग्रेस प्रवेश गरेर उनी सांसद बन्न सफल भएका हुन् । उनै चौधरीलाई पार्टीमा पनि प्रभावकारी भूमिका दिने विषयमा छलफल सुरु भएको छ । चौधरीको विषयमा कांग्रेसका नेताहरुले अनौपचारिक छलफल गरिरहेको महामन्त्री डा. शशांक कोइरालाले बताएका हुन् । सहमहामन्त्री डा. प्रकासशरण महतले पनि चौधरीलाई पार्टीमा थप भूमिका दिने विषयमा छलफल भइरहेको रिपोर्टस नेपाललाई जानकारी दिएका हुन् ।

राजनीतिक र व्यवसायिक रुपमा चौधरीको भारतसँग नजिकको सम्बन्ध छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगसमेत चौधरीको नजिकको सम्बन्ध रहेको बेलाबेलामा चर्चा हुने गरेको छ । चौधरी प्रसिद्ध म्यागेजिन फोर्ब्सको अर्बपति सूचीमा परेका एकमात्र नेपाली व्यवसायी हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖