४ प्रतिशत ब्या जमा आ विस्कार केन्द्रका लागि ऋ ण माग्दै महावीर पुन, खोलानै नभएको ठाउँमा ४ करोडको पुल ! (भिडियो)

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४७१ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । त्यस्तै विभिन्न विषयमा सम्बन्धित ब्यक्ति–विशेषसँग प्रत्यक्ष कुराकानीसमेत गरिएको छ ।

१. खोलानै नभएको ठाउँमा करोडौंको पुल निर्माण !

बाँके । खोलामा पुल नहुँदा कति समस्या भोग्नुपर्छ ? भन्ने कुरा तपाईहरु धेरैले भोग्दै आउनु भएकै होला । त्यस्तै धेरैले त अर्काको पीडा पनि बुझ्नु भएकै होला ।

कतै पुल नबनेर समस्या भइरहेको छ, भने कतै खोला र बाटो दुवै नभएको ठाँउमा ५० मिटर लामो पक्की पुल बनाइएको छ ।

उक्त पुल हुलाकी राजमार्गको बाँकेस्थित नेपालगञ्ज–नरैनापुर खण्डको राप्ती नदी पार गर्न लागि बनाइएको पुल हो । तर, बिडम्बना ! न त पुल बनेको ठाँउमा राप्ती नदी नै बग्छ, न त पुलसम्म दुवै साइडबाट बाटो नै पुगेको छ ।

बाटो नै नपुगेपछि सवारी साधन र यात्रु आवात जावात गर्ने कुरै भएन् । त्यहाँका सर्वसाधारण कच्ची बाटो हुँदै आवत जावत गर्छन् ।

२. नेपाली बैज्ञानिक महावीर पुनलाई किन चाहियो ऋण ?

काठमाडौं । राष्ट्रिय आविस्कार केन्द्रका लागि नेपाली बैज्ञानिक महावीर पुनले ऋण माग्नुभयो, भन्ने समाचार आएपछि हाम्रो टिम कीर्तिपुरमाको त्रिभुवन विश्वविद्यालय प्राङ्गणमा रहेको राष्ट्रिय आविस्कार केन्द्र पुग्यो ।

कुनै ग्रिल उद्योग जस्तो देखिने उक्त टहरो राष्ट्रिय आविस्कार केन्द्रको हो । जहाँ ५० भन्दा बढी युवा जनशक्तिले नयाँ खोज र नयाँ आविस्कारको प्रयास गरिरहेका छन् ।

महावीर पुनको नेतृत्वमा चलिरहेको यस राष्ट्रिय आविस्कार केन्द्रभित्र फरक–फरक ३६ वटा विषयमा अनुसन्धान भइरहेको छ । तर, पछिल्लो समय आविस्कार केन्द्र सञ्चालन तथा केही योजनाहरुलाई सफल पार्न पैसाको अभाव भएको छ ।

जसका लागि महावीर पुन विश्वासको आधारमा ४ प्रतिशत ब्याजदरमा ऋणको अपिल गरिरहेका छन् । भ्रमण वर्ष २०२० का लागि पर्यटक रुट तथा होटल लजलाई व्यवस्थित गर्न र आविस्कार केन्द्रमा आविस्कार भएका सामग्रीहरु उत्पादन गर्नका लागि अर्को कारखाना निर्माण गर्न पुनले सस्तो ब्याजदरमा ऋणको आह्वान गरेका हुन् ।

३. कुखुराको अण्डा र चल्ला नष्ट गर्दै आन्दोलन ! उपभोक्ता मारमा

चितवन । उपभोक्ता संरक्षण ऐन, २०७५ मा कसैसँग मिलेर कुनै पनि वस्तुको सेवा माग, आपूर्ति र मूल्यलाई प्रतिकुल प्रभाव पर्ने गरी वस्तुको उत्पादन घटाउने वा अन्य त्यस्तै काम गर्न नहुने स्पष्ट उल्लेख गरिएको छ ।

तर, अहिले कुखुरा ह्याचरी सञ्चालकहरुको मिलेमत्तोमा कुखुराको मासुको मूल्य बढाउने निहुँमा चल्ला उत्पादन बन्द गरिएको छ । व्यापारीले उपभोक्ता संरक्षण ऐनविरुद्ध गएर मासुको मूल्य बढाउनका लागि चल्लाले बजार नपाएको भन्दै १० दिनसम्म चल्ला उत्पादन रोक्ने सहमति नै गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖