चितवनका एसपी दानबहादुर स रुवा, एसपी गंगा पन्त आउने
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लको सरुवा भएको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज (शुक्रबार) मल्लसहित २४ जना एसपीको सरुवा गरेका हुन् ।एसपी मल्लको ठाउँमा महिला प्रहरी उपरीक्षक गंगा पन्त आउने भएकी छिन् ।
एसपी दान बहादुर मल्ल चितवन आएको एक वर्ष पनि भएको छैन ।एसपी मल्ल महानगरिय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचर काठ्माण्डौ सरुवा भएका छन् ।


