पि छडिएका क्षेत्रका बालबा लिका र महिलाकाे शिक्षा सुधारमा लाग्छु : अनुष्का श्रेष्ठ

काठमाण्डाै: ‘मिस नेपाल वर्ल्ड २०१९’ अनुष्का श्रेष्ठले सिन्धुपाल्चोक जिल्लाको पिछडिएका क्षेत्रका महिला तथा बालबालिकाको शिक्षा सुधारमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन। भर्खरै लण्डनमा सम्पन्न भएको ‘मिस वर्ल्ड पेजेन्ट २०१९’ मा आफूले महत्वपूर्ण विषयलाई उठान गरेको भन्दै श्रेष्ठले आफ्नो प्रतिबद्धता पूरा गर्ने बताएकी हुन् ।

उनीहरुको शिक्षाको अवस्थामा दिगो सुधार गर्ने लक्ष्य अनुरुप आमाहरुको आर्थिक सुधारमा केन्द्रित भइ बालिकाहरुको शिक्षामा जोड दिइने उनले बताइन् । अनुष्काले मिस वर्ल्ड २०१९ मा सबैभन्दा प्रतिष्ठित २ वटा शीर्षक ‘ब्युटी विथ अ पर्पाेस’ र ‘मल्टि मिडिया अवार्ड’ हात पारेकी थिइन् । आफूले नेपाललाई विश्वसामु चिनाउन सक्दो प्रयास गरेको उनले बताइन् ।

यसबाहेक श्रेष्ठ, ‘हेड टु हेड च्यालेन्ज राउण्ड’ र १ सयभन्दा बढी देशका प्रतिस्पर्धीहरुमा शीर्ष १२ स्थानमा पर्न सफल भएकी थिइन। उनले हरेक वर्ष नेपालले महत्वपूर्ण उपाधि हासिल गर्नुलाई सफलताको रुपमा लिएकी छिन् । गएकाे वर्ष मिस नेपाल वर्ल्ड २०१८ मा श्रृङ्खला खतिवडाले पनि ‘मल्टिमिडिया अवार्ड’ सहित ‘ब्युटी विथ अ प्रपोस’ अवार्ड प्राप्त गरेकी थिइन् । नेपालले सन् १९९७ देखि मिस वल्र्ड पेजेन्टमा भाग लिदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖