ओली सरकारवि’रुद्ध रणनीति बनाउन बाबुराम र उपेन्द्र पुगे देउवा निवास

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारबाट बाहिरिएको समाजवादीका शीषनेताहरुले प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

समाजवादीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा कानुनमन्त्री र सोही पार्टीका मोहम्मद इश्तियाक राईले सहरीमन्त्रीबाट राजीनामा दिएर सरकारबाट बाहिरिएका थिए । साथै उक्त पार्टीले ओली सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

ओली सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएको अध्यक्षद्वउ उपेन्द्र यादव, अर्का अध्यक्ष डा. बाबुराम भट्टराईसहित समाजवादीका शीर्षनेताहरुले कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका हुन् । देउवा निवास बुढानिलकण्ठमा भएको उनीहरुबीचको भेटवार्तामा ओली सरकारविरुद्ध चालिने आमामी रणनीतिबारे छलफल भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्न इन्कार गरेको भन्दै सरकारबाट बाहिरिएका समाजवादीका शीर्षनेताहरु अब कांग्रेससँग सहकार्य गर्दै अघि बढ्ने विषयमा छलफल गरेको हो । भेटमा उनीहरुबीच आगामी दिनमा गरिने सहकार्य, गठबन्धन र मोर्चाबन्दीबारे गम्भीर रूपमा छलफल भएको छ ।

मुद्दा केन्द्रित भएर ओली सरकारविरुद्ध सडक र सदन दुवै तताउन कांग्रेस र समाजवादीका नेताहरु सहमत भएका छन् । मुद्दा केन्द्रीत विषयमा ओली सरकारविरुद्ध लड्नका लागि सहकार्य गर्ने भट्टराई र यादवको प्रस्तावप्रति का्रग्रेस सभापति देउवा सहमत भएका हुन् ।

यसबारे दुवै पार्टीले आन्तरिक रुपमा छलफल गर्ने निचोडमा पुग्ने बताएका छन् । अहिले दुवै पार्टीले कुन–कुन मुद्दामा सहकार्य गर्ने वा गठबन्धन गर्ने भन्ने विषयमा आन्तरिक रुपमा अनौपचारिक छलफल गरिरहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।