गुट-उपगुटका कारण नेपाली कांग्रेस समाप्त पनि हुनसक्छ

काठमाडौं । वीपी बिचार राष्ट्रिय समाजका अध्यक्ष कुलबहादुर गुरुङले नेपाली कांग्रेसले बिपीको बिचारलाई आत्मसाथ गर्न नसकेको बताएका छन् ।

राष्ट्रिय मेलमिलापको सन्दर्भमा आज(सोमबार) वीपी बिचार राष्ट्रिय समाजले काठमाडौमा गरेको कार्यक्रममा उनले वीपीको बिचार आत्मसाथ गर्न नसक्दा नेपाली कांग्रेस कमजोर भएको बताए ।

उनले राष्ट्रिय एकता अहिलेको आवश्यकता भए पनि दलहरुबीचको एकता हुन नसक्दा मुलक कमजोर भएको बताए ।

उनले नेपाली काँग्रेसभित्र बढ्दै गएको गुट उपगुटका कारण नेपाली कांग्रेस समाप्त हुने पनि बताए ।

वीपी बिचार राष्ट्रिय समाजका सह अध्यक्ष गोबिन्दराज जोशीले पार्टीभित्र बिचार र सिद्धान्तको राजनीति भन्दा पदको राजनीति हावी हुँदा कांग्रेस धाराशायी हुदै गएको बताए ।

उनले राष्ट्रिय मेलमिलापको सन्दर्भमा प्रजातन्त्र सेनानी तथा जिउदो शहिद केवी गुरुङ, प्रजातान्त्रिक आन्दोलनका योद्धाहरु रामनारायण मिश्र, योगेन्द्रमान शेरचन, सरोजप्रसाद कोइराला, दिवानसिंह राईलगायतको योगदानको बारेमा पुस्तक लोकापर्ण गरिने पनि बताए । इमेज खबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।