प्रचण्ड र देउवाबीच निकटता बढ्दै

काठमाडौं, २१ पौष । पछिल्लो पटक नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसका सभापतिबीच विरलै भेट हुनेगरेको छ । संसदीय चुनावअघि माओवादीले काँग्रेससँगको गठबन्धन तोडेपछि दुई नेताबीच तीनपटक मात्र वन टु वन छलफल भएको छ ।

यसपटक प्रचण्ड आफै देउवा निवास बुढानिलकण्ठ पुगे । दुई घन्टा लामो वन टु वन भेटवार्ता गरे । भेटमा विकसित राजनीतिक घटनाक्रम, संसद सुचारु हुन नसकेको, संवैधानिक आयोगमा नियुक्त, विवादास्पद विधेयकलगायतमा छलफल भएको बुझिएको छ । देउवाले सरकारको कतिपय कार्यशैलीको आलोचना गर्दै त्यसका लागि प्रधानमन्त्री ओलीमाथि दबाब सृजना गर्नुपर्नेमा जोड दिएको स्रोतले बतायो ।

देउवाले सभामुख चयनमा किन अलमल गरेर संसदलाई अनिर्णयको बन्धक बनाएको भनी प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले छिट्टै सहमति बनाएर अगाडि बढ्ने जवाफ दिएका थिए ।

विश्वस्त स्रोतका अनुसार प्रचण्डसँग देउवा अझै असन्तुष्ट छन् । विगतमा आफूसँगको गठबन्धन तोडेकोमा देउवा असन्तुष्ट छन् । प्रचण्डले त्यसबाट नोक्शानी भोगेको देउवाको बुझाई छ ।

संवैधानिक आयोगमा रिक्त आयुक्त र सदस्यहरुमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न नसक्दा संवैधानिक निकायको बैठक बस्न सकेको छैन । संवैधानिक निकायको कोरम पुर्याउने संवैधानिक व्यवस्थामा संशोधन गरी अगाडि बढ्ने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी छ । यसप्रति पनि देउवाको आपत्ती छ । दुई नेताबीच यस विषयमा पनि छलफल भएको छ ।

सभामुखमा सहमति बन्न नसकिरहँदा प्रचण्डको देउवासँगको भेट अर्थपूर्ण छ । भेट ओलीलाई झस्काउने खालको छ । ओली सरकारको कार्यकाल दुई वर्ष पूरा हुनैलाग्दा भेट हुनुले धेरैको चासो बढेको हो । पछिल्लो समय प्रचण्ड र देउवाबीच निकटता बढ्दै गएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।