आफ्नो देशको भू–भाग विदेशीलाई लिजमा दिने कुरा गर्ने रा’ष्ट्रघाती : भीम रावल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य भीम रावल सरकारको कामकारबाहीको कटु आ लोचक हुन् । उनले कालापानी भारतलाई लिजमा दिनुपर्छ भन्ने सुजाता कोइरालाको पछिल्लो अभिव्यक्तिलाई रा ष्ट्रघाती भनेका छन् ।

रावलसँग ऋषि धमलाले गरेको विशेष कुराकानीका क्रममा उनले यसो भनेका हुन “आफ्नो देशको भू–भाग विदेशीलाई लिजमा दिने कुरा जसले भनेको भएपनि त्यो रा ष्ट्रघाती कुरा हो ।” रावलले अगाडि थपे ” विदेशी शक्ति राष्ट्रहरुको प्रभावमा परेर जसले यस्ता कुरा गर्छ त्यो सरासर रा ष्ट्रघात हुन्छ । हिजो शासकहरुले पनि यस्तै कुरा गर्ने गरेकाले भारतले नेपाली भूमिमाथि अतिक्रमण गरेको हो ।”

त्यस्तै उहाँले कालापानीको ठाउँमा भारतले अरु ठाउँको जमिन दिएपनि हुन्छ भन्नुभएको छ नि ? भन्ने प्रश्नको जबाफ दिँदै रावलले भने, “उहाँकै सभापति शेरबहादुरजी प्रधानमन्त्री हुँदा महाकाली सन्धी भएको थियो । त्यसको सट्टामा वर्दियामा जग्गा दिने भनेको त्यो त दिएको छैन । अहिले लिम्पियाधुरादेखि सुस्तासम्मका त्यत्रो क्षेत्रफलको भूभाग छोडेर भारतले हामीलाई अर्को ठाउँमा जग्गा दिन्छ । यस्ता का ल्पनिक र भ्र म सिर्जना गर्ने विचारहरु नै राष्ट्रघाती अभिव्यक्ति हुन् ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।