विमान प रिचारिकाले बाबुराम भट्टराईलाई न चिनेर ‘डाक्टर हो ? भन्दै सोधेपछि…

काठमाडौं, १९ माघ । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई लाई विमान परिचारिकाले नचिनेर ‘तपाई डाक्टर हो ?’ भन्दै प्रश्न गरेकी छन् । बिराटनगर जाने क्रममा विमानमा परिचारिकाले आफूलाई ‘डाक्टर हो ?’ भन्दै प्रश्न गरेकाे उहाँले ट्विटरमार्फत उल्लेख गर्नुभएकाे छ । बिटारनगर जाने उडानमा परिचारिकाले नचिनेपछि अध्यक्ष डा भट्टराईले शहर र गाउँको राजनीतिक चेतमाथि प्रश्न उठाउनु भएको छ ।

आइबार ट्वि’ट गर्दै अध्यक्ष भट्टराईले विमानकी परिचारिका र गाउँकी चिया पसलकी युवतीबीच तुलना गर्दै गाउँ र शहरमा राजनीतिक चेतबारे प्रश्न गर्नुभएकाे छ । उहाँले लेख्नु भएकाे छ, ‘बिराटनगर जाने उडानमा परिचारिकाले सोधिन्-तपाईं डाक्टर हो? म-हैन!किन सोध्नुभो?उनी-डाक्टरकहाँ जाँदा देखेजस्तो लागेर !’

त्यसपछि उहाँले चतरा नजिकै कोशीपुलमा रहेको सानो चिया पसलमा पस्दा युवती आश्चर्यमा पर्दै खुशीले भनेको पनि सम्झिदै लेख्नुभएकाे छ- ‘केहीपछि चतरानेर कोशीपुलमा सानो चिया पसलमा पसियो ! पसले युवती चिच्याइन्–ओहो बाबुराम ? म–कसरी चिन्नुभो र? उनी–फोटो र टिभीमा देखेर !’ अध्यक्ष भट्टराईले ट्विटरमा आफूहरु ‘आउटडेटेड’ भएका त हैनौं भनेर प्रश्न समेत गर्नुभएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।