मौसम विभागबाट आयो यस्तो खबर

काठमाडौं, माघ २१ । आज (मंगलबार) राति देशका पहाडी भेगका केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज राति पश्चिम, मध्य र पूर्व तीनै क्षेत्रका पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको हो।

यस्तै तीनै क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हिमपातको पनि सम्भावना छ। तर यो सम्भावना पनि निकै कम रहेको उनले बताइन्।

‘यो कुनै नयाँ प्रणाली भित्रिएको होइन,’ मंगलबार बिहान नेपालखबरसँग कुरा गर्दै मौसमविद् मानन्धरले भनिन्, ‘यो पहिलेकै पश्चिमी निम्न चापीय प्रणालीको थोरै प्रभाव हो।’

तराईमा भने अहिले वर्षाको सम्भावना छैन। यस्तै काठमाडौंमा उपत्यकामा पनि आजलाई वर्षाको सम्भावना छैन। ‘तर आंशिक बदली (कहिले घाम कहिले बादल) भने हुने देखिन्छ,’ उनले भनिन्।

अहिले (मंगलबार बिहान सवा ७ बजे) काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्री सेल्सियस छ।

माैसमविद् मानन्धरका अनुसार अहिले तराईमा खासै हुस्सु कुहिरो पनि लागेको छैन।-नेपाल खबर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖