के नेकपा राजनीतिक स्थिरता दिन अ,क्षम छ भन्ने सन्देश दिन खोजिएको हो ?
काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले संविधान संशोधनको बेमौसमी ब,हसले पार्टीको छबि बि,ग्रिन सक्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटमार्फत उनले यस्तो बताएका हुन । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्था गर्न संविधान संशोधनको बेमौसमी बहसले पार्टीलाई हि,त नगर्ने बताएका छन ।
नेकपाका नेता समेत रहेका मन्त्री ज्ञवालीले मंगलबार ट्वीट गर्दै यस्तो बेमौसमी ब,हसले नेकपा राजनीति स्थिरता दिन अ,क्षम छ भन्ने ख,राब सन्देश जान सक्नेतर्फ स,चेत रहनुपर्ने बताएका छन ।
यस्तो छ उनको ट्वीट- ‘कमरेडहरु, गत निर्वाचनमा हामीमाथि जनविश्वासको आधार थियो–स्थिरता र समृद्धिको अपिल । तर कहिले आलोपालो प्रम त कहिले शासन प्रणाली परिवर्तन, अनि राष्ट्रियसभा सदस्य पनि प्रम नै हुने व्यवस्था गर्न संविधान संशोधनको बेमौसमी ब,हस । के नेकपा राजनीतिक स्थि,रता दिन अ,क्षम छ भन्ने सन्देश दिन खोजिएको हो ?’



