एसइई परिक्षा जरुरी छैन – डा. बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एसइई परिक्षा जरुरी नभएको बताएका छन् ।
संघिय संसदको छैटौ अधिवेशनको अवसरमा संसदमा बोल्दै डा. भट्टराईले हाम्रो स्कुलस्तरिय शिक्षा बाह्रकक्षा सम्म रहेको र ग्रेडिङ सिष्टम सुरु भएकाले एसइई परिक्षा जरुरी नभएको बताए ।
पछिल्लो समय निर्वाचित सरकारको छबी राम्रो नभएको टिप्पणी गर्दै उनले भने ‘हामी कति सही छौं आफैंले मनन भनौं ।’ सरकारको नेतृत्व पार्टी फु,टाउने र सवैधानिक अंग क,ब्जा गर्ने प्रवृत्ति भएकाले राजनितीक दलहरुप्रति स,त्तालोलुपताको अभियोग लागेको उनको भनाई थियो ।
बेपत्ता आयोगको विषयमा सरकार गम्भिर नभएको भन्दै उनले संवैधानिक आयोगलाई बलियो बनाउनुपर्ने धारणा राखे ।


