कपिलवस्तुका ३ जना कोरोना सं,क्रमित युवा मुम्बइबाट पाँच दिनअघि लु,केर नेपाल प,सेका थिए
दीपक ज्ञवाली, बुटबल, वैशाख २७ गते । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा स,ङक्रमण पुष्टि भएका कपिलवस्तुका तीन युवा पनि अघिल्ला सं,क्रमित दुई जनाजस्तै भारतबाट भएका र सोही दिन सोही नाकाबाट फरक स,मूहमा नेपाल प्रवेश गरेको पाइएको छ ।
जिल्ला प्रशाशन कार्यालय कपिलवस्तुका अनुसार उनीहरु तीनै जना मायादेवी गाउपालिका २ का हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । कोरोना पुष्टि भएसँगै उनीहरुलाई आजै बुटवलमा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा ल्याउने तयारी गरिएको छ ।
उनीहरु भारतको मुम्बइबाट चाकरचौराह नजिकको दशगजा क्षेत्रबाट लु,केर नेपाल प्रवेश गरेका थिए । उनीहरू वैशाख २३ गते रातिदेखि तीर्थादेवी छत्रपाली माविको क्वारेण्टाइनमा बसेका थिए ।
युवाहरूले सिधै क्वारेन्टाइनमा आएको बताएका छन् । यद्यपि यसबारे स्थानीयसँग स,त्यतथ्य बुझ्न बाकी रहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो । यसअघि २ दिनअघि कोरोना स,ङ्क्रमण देखिएका २ जना पनि मायादेवी गाउँपालिका २ कै थिए । त्यही मुम्बइबाट उनीहरू छु,ट्टाछुट्टै स,मूहमा आएको स्थानीयले बताएका छन् ।
नेपालमा कोभिड-१९ (काेराेना भाइरस) सं क्रमितकाे संख्या १०९ पुगेकाे छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अस्पताल बिराटनगरको प्रयोगशालामा गरिएको परिक्षणअनुसार थप ७ जनामा काेराेना पुष्टि भएकाे हो ।


