कोरोना सं,क्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई नै सिल – सुर,क्षा जनशक्ति अपुग

बुटवल, बैशाख २९ । कपिलवस्तु जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि स्थानीय प्रशासनले जिल्लालाई नै बन्द गरेको छ । कोरोना सं,क्रमणको जोखिम बढ्दै गएपछि सोमबार बसेको जिल्लाको सुर,क्षा समितिको बैठकले जिल्लालाई सिल गर्ने निर्णय गरेको हो ।

जिल्लामा कोरोना सं,क्रमितको संख्या बढेपछि सोममबार साँझ ५ बजेदेखि आगामी जेठ ५ गते राति १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) क र संक्रमण ऐन २०२० को दफा २ (१) बमोजिम पूर्णरुपमा रो,क लगाइएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जारी गरेको सूचनामा जनाइएको छ ।

उक्त अवधिमा जिल्लामा अत्यावश्यक खाद्यान्न, तरकारी, फलफूल, दूध, पेट्रोलियम पदार्थ, ग्यास, औषधि, पानी, पशुपक्षीको दानाका गाडी, एम्बुलेन्स, शववाहन तथा राजमार्ग भएर गुड्ने सवारी साधनबाहेक जिल्लाका कुनै पनि स्थानमा चढ्न ओर्लन नपाउने गरी जिल्लाभित्र गुड्ने सबै प्रकारका सवारी साधन, मानिसको आवतजावत र सम्पूर्ण किसिमका गतिवधि, उद्योगकलकारखाना, निर्माणसँंग सम्बन्धित कार्य, व्यापारव्यवसायमा पूर्णरुपमा रोक लगाइएको उल्लेख छ ।

कपिलवस्तुमा सोमबार फेला परेका कोरोना सं,क्रमितलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा राखिएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले एम्बुलेन्सको व्यवस्था गरेर बुटवल पठाएको हो ।

कोरोना सं,क्रमितको शुरुमा लुम्बिनी प्रादेशिक अस्पतालमा अन्य रोगको परीक्षण गरी बुटवल धागो कारखानामा निर्माण गरिएको कोरोना अस्पतालमा भर्ना गरिएको अस्पतालका फोकल पर्सन वरिष्ठ फिजिसियन डा सुदर्शन थापाले जानकारी दिए ।

सं,क्रमितको अवस्था अहिलेसम्म सामान्य नै रहेको समेत उनले जानकारी दिए । लुम्बिनी प्रादेशिक अस्पतालमा उनीहरु सबैको अन्य स्वास्थ्यवस्थाको परीक्षण गरी कोरोना अस्पतालमा लगिएको हो । उनीहरुमा अन्य स्वास्थ्य समस्या केही नरहेकोसमेत डा. थापाले बताए ।

सोमबार पुष्टि भएका १० सहित बुटवल कोरोना अस्पतालमा भर्ना भएका संक्रमितको संख्या १६ पुगेको छ । तीमध्ये १५ जना कपिलवस्तुका छन् भने एक युवक रुपन्देहीका हुन् । संक्रमित सबैको अवस्था सामान्य नै रहेको र उनीहरुलाई स्वास्थ्यकर्मीको कडा निगरानीमा राखिएको छ ।

कपिलवस्तुमा सोमबार फेला परेका १० सं,क्रमित भारतको मुम्बईबाट लु,किछिपी नेपाल आएका हुन । रोजगारीका सिलसिलामा भारत गएका उनीहरु सहजै नेपाल प्रवेश नपाएपछि विभिन्न मितिमा लु,किछिपी प्रवेश गरेका थिए ।

कोरोना सं,क्रमित फेला परेका क्वारेन्टाइनमा यशोधरा गाउँपालिकामा रहेको अनिरुद्ध माध्यमिक विद्यालयका सात, पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा एक र बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध क्वारेन्टाइनका दुई जना छन् ।

सं,क्रमितमध्ये भारतीय सीमावर्ती यशोधरा ५ बदौली गाउँका आठ जना हुन् । यस्तै बुद्धभूमि १० धनकौली र वडा नं ७ मानपुरका एकएक जना रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । स,ङ्क्रमितमध्येका मुम्बईबाट आएर अनिरुद्ध माविको क्वारेन्टाइनमा बसेका आठ युवक यही वैशाख २३ र २४ गते नेपाल प्रवेश गरेका थिए ।

अनिरुद्ध र पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा रहेका ६२ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा आठ जनामा कोरोना सं,क्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुबेले बताए ।

यस्तै बुद्धभुमि नगरपालिकाको गोरुसिङ्गेस्थित गौतमबुद्ध बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका १२५ जनाको स्वाब परीक्षण गर्दा दुई जनामा कोरोना पोजेटिभ भेटिएको बुद्धभूमिका स्वास्थ्य संयोजक डोलविक्रम बेल्वासेले जानकारी दिए । गोरुसिङ्गेको क्वारेन्टाइनमा २१६ जना रहेको बताइएको छ ।

बुद्धभूमि –७ मानपुरका कोरोना संक्रमित युवक भारतबाट सामूहिक यात्रा गरी आएको थाहा भएको छ । उनीहरु भारतको नासिकबाट आएका थिए । नासिकवाट ४२ जनाको समूह यात्रामा थियो ।

तीमध्ये २२ जना मिनी पिकअपमा बसेर आएका थिए । उनीसहित २२ जनाले सोही गाडीको पछडि बसी यात्रा गरेका थिए । प्रतिव्यक्ति भारु दुई हजार एक सय तिरेर यात्रा गरेका उनी भारतका दुई स्थानमा बनाईएको क्वारेन्टाइनमा समेत बसेका हुन् ।

उनीहरु अहिलेसम्म ४० दिन क्वारेन्टाइनमा बसेको देखिएको छ । शुरुमा भारतका दुई स्थानमा २८ दिन र नेपाल आएपछि बुद्धभूमि, गोरुसिंगेमा १२ दिन बसेको संक्रमितले बताए । उनीहरु वैशाख १३ गते नेपाल प्रवेश गरेको उनीहरुको यात्रा विवरणमा देखिएको छ । कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गरेपछि इलाका प्रहरी कार्यालय गोरुसिंगेको टोलीले घर नपुग्दै तिनलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा लगेको थियो ।

बुद्धभूमि १० का एक युवक वैशाख २६ गते मुम्बईबाट नेपाल आएका थिए । उनी नेपाल भारत सीमा कपिलवस्तुको रंगपुर नाका हुँदै लुकिछिपी नेपाल प्रवेश गरेका थिए । उनले आफू मुम्बईबाट लखनउसम्म गाडीमा यात्रा गरेर आएको बताएका छन् ।

लखनउबाट उनले सीमासम्म हिँडेर यात्रा गरेका थिए । गाउँमा आएपछि घरमै नबसी छिमेकीको साइकल मागेर बुद्धभूमि क्वारेन्टाइनमा आएको उनले बताएका छन् ।

यसअघि मायादेवी गाउँपालिकामा चार र शुद्धोधन गाउँपालिकामा एक कोरोना संक्रमित भेटिएका थिए । उनीहरु सबै भारतीय नाकाबाट लुकेरै आएका हुन् । जिल्लाको ९७ किमी लामो सिमानामा सश,स्त्र प्रहरीका ६५ र नेपाल प्रहरीका १९ प्रहरीचौकी खडा गरिएको छ । सिमाना ब,न्द गरिएको छ । सश,स्त्र प्रहरीले एक हजार दुई सय र नेपाल प्रहरीले चार सय जनालाई खटाएका छन् । तैपनि दैनिक दुई सयभन्दा बढीले राति नेपाल प्रवेश गर्ने गरेको स्थानीयावासीले बताएका छन् ।

वैशाख २३ गते सामूहिक लु,किछिपी नेपाल प्रवेश गरेका १५५ जनालाई नि,यन्त्रणमा लिएर क्वारेन्टाइन राखिएकामा पाँच जना मायादेवीमा सं,क्रमित भेटिएका थिए । सिमाना, क्वारेन्टाइन, लकडाउन व्यवस्थापन र स्वास्थ्यकर्र्मी ओसारपसारसहित सम्भावित अ,पराध र सुर,क्षाका लागि खटाउँदा प्रहरी जनशक्ति अपुग भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖