२ जना कोरोना सं,क्रमित भे,टिएपछि भक्तपुरको दुवाकोट र शंखधर चोक आसपासका क्षेत्र सिल
काठमाडौं । कोरोनाभाइरस (कोभिड १९) दुई जनामा सं,क्रमण भेटिएपछि भक्तपुरको दुवाकोट र शंखधरचोक आसपासको क्षेत्रलाई सिल गरिएको छ ।
मंगलबार एक पुरुष र एक महिलामा कोरोना पोजेटिभ देखिएपछि प्रहरीले बुधबार ती दुई स्थानलाई सील गरेको छ । दुवाकोटमा बस्दै आएका एक पुरुष र मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बसेकी एक महिलामा कोरोना सं,क्रमण देखिएपछि बुधबार बिहानबाट प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको हो।
प्रहरीले दुवै जनाको ट्राभल हिस्ट्री पत्ता लगाएर कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिसकेको जनाएको छ ।


