आगामी ३ दिन मे,घगर्जन, च,ट्याङ र हु,रीबताससहित पानी पर्ने सम्भावना

काठमाडाैं, ३१ वैशाख । अबको तीन दिन देशका विभिन्न ठाउँमा मे,घगर्जन, च,ट्याङ र हु,रीबताससहित पानी पर्ने सम्भावना रहेकाे छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन जारी गर्दै पश्चिममा प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज (बुधबार)देखि शुक्रबारसम्म देशभरि मे,घगर्जन, च,ट्याङ र हु,रीबताससहित पानी पर्ने सम्भावना रहेकाे जनाएकाे छ ।

आज देशको अधिकांश भू-भागमा सामान्य बदली रहने महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार आज पूर्वी र पश्चिमी भू-भागका केही स्थानहरु र मध्य भू-भागका थोरै स्थानहरुमा मे,घगर्जन, च,ट्याङ र हु,रीबताससहित पानी पर्ने सम्भावना रहेकाे छ ।

भाेलि (बिहीबार) देशको पुर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली रहने छ । बांकी भु-भागमा भने आं,शिक बदली रहनेछ । बिहीबार पनि पूर्वी र पश्चिमी भू-भागका केही स्थानहरु मे,घगर्जन, च,ट्याङ र अ,सिनासहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

पर्सी (शुक्रबार) पनि पूर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली हुने छ भने बांकी भू-भागमा आं,शिक बदली हुनेछ । शुक्रबार पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मे,घगर्जन, च,ट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।