प्रदेश १ मा १२ हजारको कोरोना परीक्षण – ३५ जनामा कोरोना पु ष्टि, १७ जना निको भए
कोरोना कोषमा २९ करोड २६ लाख ५० हजार ८ सय ६३ रुपैयाँ जम्मा
विराटनगर, १ जेठ । प्रदेश १ मा १२ हजार हाराहारीमा कोरोना परीक्षण भएको छ । पिसिआर विधिबाट दुई हजार ९ सय १९ जनाको परीक्षण भएको छ । प्रदेश सरकारले कोरोना परीक्षणलाई ति,ब्रता दिएको छ ।
प्रदेश १ मा यतिबेला ३ ठाउँबाट पिसिआर बिधिबाट कोरोना परीक्षण भइरहेको छ । त्यस्तै आरडिटी बिधिबाट ८ हजार ९ सय ३३ जनाको परीक्षण भएको छ । प्रदेश १ मा ३५ जनामा कोरोना पुष्टि भएको छ भने १७ जना उपचारपछि घर फर्किएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ ।
सरकारले खडा गरेको कोरोना जनसुरक्षा कोषमा बिहीबारसम्म २९ करोड २६ लाख ५० हजार ८ सय ६३ रुपैयाँ जम्मा भएको छ । खर्च निकासा कट्टा गरी जम्मा बाँकी हुन आउने रकम १४ करोड १७ लाख ५० हजार ७ सय १३ रुपैयाँ छ ।


