नेपालमा आज एकैपटक ५३ मा कोरोना सं,क्रमणको पुष्टि – सं,क्रमितको संख्या ३५७ पुग्यो

काठमाडौं, ५ जेठ । नेपालमा कोरोना सं,क्रमितको संख्या थपिने क्रम तीब्र बनेको छ । आज दिउँसो मात्र ५३ सं,क्रमित थपिएका छन । विहान मात्र ९ सं,क्रमित थपिएको नेपालमा दिउँसो पुनः ५३ सं,क्रमित थपिदा सं,क्रमितको संख्या ३ सय ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटा आज दिउँसो एकै पटक ५३ सं,क्रमित थपिएको जानकारी दिनुभयो ।

बाँकेमा एकैदिन ४७ जनामा कोरोना सं,क्रमण पुष्टि
बाँके जिल्लामा एकैदिन ४७ जनामा कोरोना पुष्टि भएको छ । ४६ पुरुष र १ जना महिला गरी ४७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

भेरी अस्पतालस्थित प्रयोगशालामा परीक्षण गर्दा बाँकेको नरैनापुर क्षेत्रका ४७ जनामा कोरोना पोजेटिभ भेटिएको जनाएको छ । आइतवार विहान कोरानाका कारण एक जना २५ बर्षीय पुरुषको मृ,त्यु भएको थियो । पुरुष बैशाख ३० गते भारतबाट आएका थिए ।

यो भन्दा अगाडि नरैनापुरबाटै ८ जनामा कोरोना पुष्टि भएको थियो । उनीहरुको कन्ट्याक्ट ट्रेसिङग गर्दा थप ४७ जनामा कोरोना पोजेटिभ भेटिएको भेरी अस्पतालले जनाएको छ ।

उहाँका अनुसार हालसम्म संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनिहरु १८ बर्षदेखि ४६ बर्षसम्मका रहेका छन् । हालसम्म ३६ जना कोरोना पोजेटिभ भएका निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ ।

यसैगरी मोरङमा पनि एक सं,क्रमित थपिएका छन् । त्यस्तै भैरहवाको प्रयोगशालामा भएको परीक्षणमा गुल्मीका एकजना ४१ बर्षीय पुरुषको रिपोर्ट पोजिटिभ आएको छ भने धुलिखेलमा गरिएको परीक्षणमा ४ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

प्रवक्ता देवकोटाका अनुसार धुलिखेलमा गरिएको परीक्षणबाट जनकपुरका १ , रौतहटका १, दाङ्गक १ र धादिङका १ जनामा संक्रमण पाइएको छ । उनीहरु सबैको उमेर १८ देखि ४६ बर्षको छ ।

यसरी सं,क्रमित पुरुषको संख्या २ सय ९८ पुगेको छ भने ५९ महिला रहेका छन् । यस्तै संक्रमित जिल्ला पनि ३१ पुगेको छ । अहिलेसम्म संक्रमितमध्ये ३६ जना निको भइसकेका छन् भने २ जनाको ज्या,न गएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖