आगामी वर्षको नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट पारित

काठमाडौँ, जेठ ६ । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको तथा राष्ट्रिय बैठकमा सत्तारुढ दलको समर्थनमा नीति कार्यक्रम पारित भएको हो । प्रमुख विपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी लगायतले नीति कार्यक्रमको विपक्षमा मतदान गरे ।

नीति कार्यक्रम पारितअघि प्राप्त पाँचवटा संशोधन प्रस्ताव बहुमतबाट अस्वीकृत भएका थिए । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल संशोधन फिर्ता नभएपछि बहुमतले अस्वीकृत भएको थियो । यस्तै, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले पनि प्रस्ताव फिर्ता नलिएपछि बुहमतबाट अस्वीकृत भएको थियो । कांग्रेसका तर्फबाट रिजालले संशोधन दर्ता गर्नुभएको थियो ।

यस्तै, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले नीति तथा संशोधनमा राख्नुभएको संशोधन प्रस्ताव पनि बहुमतले अस्वीकृत भएको छ । यस्तै, राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णको संशोधन प्रस्ताव पनि अस्वीकृत भएको थियो ।

समाजवादी पार्टीकी सांसद सरिता गिरीको प्रस्ताव पनि बहुमतले अस्वीकृत भएको थियो । संशोधनकर्ता गिरी बैठक अनुपस्थित हुनुहुन्थ्यो । गिरी अनुपस्थित भए पनि प्रक्रियामा लगिएको हो ।

यस्तै, बैठकले केही नेपाल ऐनका साविकका व्यवस्था जगाउने अध्यादेश सर्वसम्मत स्वीकृत गरेको छ । यसअघि सरकारले जारी गरेका दुई अध्यादेश खारेज भए पनि साविकको व्यवस्था जगाइएको थिएन । उक्त व्यवस्था जगाउन सरकारले नयाँ अध्यादेश वैशाख १२ गतेको मितिमा जारी गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।