कोरोना परीक्षणको दर तोकिएको छैन – स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकिएको सार्वजनिक स्वास्थ्य संस्थाहरू मार्फत पीसीआर विधिबाट सशुल्क कोरोना परीक्षण खुला गर्ने निर्णय भए पनि त्यसको दर तोकी नसकिएको जनाएको छ।
मन्त्रालयका आईसीएस संयोजक डा. गुणराज लोहनीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘के कति शुल्क लाग्ने, प्रयोगशाला कस्तो हुने, सुर,क्षा प्रबन्ध कसरी अपनाउने लगायतका विषयमा छलफल र निर्णय हुन बाँकी छ।’
‘यस प्रकारको परीक्षणको लागि मन्त्रालयले दररेट तोकिदिने भएता पनि हालसम्म कुनै दररेट तोकी नसकेको व्यवहोरो सर्वसाधारणमा जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ।



