विश्वमा जुनसुकै ठाउँमा समस्यामा परेका नागरिकलाई सरकारले उद्दार गर्छ – प्रधानमन्त्री ओली

काठमाडौँ, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका जुनसुकै देशमा समस्यामा परेका नेपाली नागरिकलाई सरकार उद्दार गर्ने बताउनुभएको छ ।

आज देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण समस्यामा परेका नेपाली नागरिकलाई फर्काउन विशेष योजना बनाइरहेको बताउनुभयो ।

नियमलाई पालना नगरि भारतबाट फर्कने कार्य भइरहको प्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेको विशेष रणनीतिका कारण कोरोनाका कारण नेपालमा ठूलो क्षती हुन नपाएको बताउनुभयो ।

मुलुकमा आगामी दिनमा आउने समस्या प्रति सरकार सचेत रहेको उल्लेख गर्दै कृषी, पर्यटन, उद्योगलगायतको विकास र विस्तार गर्दै मुलुकको आर्थिक उन्नतीको बोटा अघि बढाउने सरकारले योजनाहरु तिव्र गतिका साथ अघि बढाइरहेको जानकारी गराउनुभयो ।

साना तथा ठूला विकासका आयोजनाहरु निर्माणको कार्य तिव्र गतिका साथ अघि बढिरहेको बताउँदै प्रधानमन्त्री ओलीले उद्योग व्यवसायलाई थप व्यवस्थतीत गर्दै लैजाने समेत प्रतिवद्धता जनाउनुभयो । आयात तथा निर्यातलाई सहजता प्रदान गर्ने उल्लेख गर्दै व्यवसायलाई विशेष प्याकेजको घोषणा गरी आर्थिक सुधारको बाटोमा सरकार अघि बढिसरहेको जानकारी गराउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖