नेपालमा आज कोरोना संक्रमित अहिलेसम्मकै उच्च – संक्रमितको संख्या १ हजार ४२ पुग्यो
काठमाडौं, १५ जेठ । नेपालमा थप १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा बिहीबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल १ हजार ४२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले दिएको जानकारी अनुसार धनुषा, झापा महाेत्तरी, राैतहट, दाेलखा दैलेख सुर्खेत स्याङजा, दार्चुला, कैलाली लगायत जिल्लामा गरेर आज १ सय ५६ जना संक्रमित थपिएका हुन् ।
आज थपिएको संख्या अहिलेसम्मकै उच्च हो । यस अघि हिजो बुधबार एकैपटक १ सय १४ जनामा संक्रमण पाइएको थियो । अहिलेसम्म ५२ जिल्लामा काेराेना पुगेकाे छ ।



